प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डिजिटल एक्स–रे मेशिन

अखबार हब
२०७८ पुष ६, मंगलवार ११:२६

बारा । प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डिजिटल एक्स–रे मेशिन संचालनमा आएकोछ । निजगढ नगरपालिका मातहतमा

रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिको डिजिटल मेशिन संचालनको व्यवस्था मिलाईएको मेयर सुरेश कुमार खनालले बताए ।

नगरपालिकाको कार्यपालिका बैठकले एक्स–रे सेवा सुविधाको लागी ३ सय रुपैंया शुल्क निर्धारण गरेको मेयर खनालले बताए । स्वास्थ्य केन्द्रमा निजि क्षेत्रबाट सुपथ मुल्यको औषधि पसल संचालनको लागी खुल्ला प्रस्ताव आह्वान गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । स्वास्थ्य केन्द्रमा उपचार गराउनको लागी जाने सेवाग्राहीलाई सुपथ मुल्यमा आवश्यक औषधि उपलब्ध गराउनको लागी निजि क्षेत्रको माध्यमाबाट सेवा उपलब्ध गराउने खनालले जनाए ।

नगर अस्पतालको रुपमा स्तरोन्नति हुन लागेको स्वास्थ्य केन्द्रमा नगरपालिकाले आधुनिक ल्याब संचालनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*