टेको लगाइएको पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

अखबार हब
२०७८ पुष ६, मंगलवार ०९:२७

ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ। लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो।

पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए। टिपर नख्खुबाट टीकाभैरवतर्फ जाँदै थियो।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*