माओवादी केन्द्रको वागमती अध्यक्षमा पौडेल र उपाध्यक्षमा छिन्तु विजयी
मकवानपुर। माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।
वागमती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरेका हुन् ।
दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरे । वागमती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) विजयी भए। महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गरे । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भए। उनले १४९ मत ल्याएका छन् ।
यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी हुनुभएको छ । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको केन्द्रको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।







