नक्कली नेपाली नोटसहित २ जना भारतीय पक्राउ

अखबार हब
२०७८ पुष ५, सोमबार २०:००

सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ लाख १५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो ‘आषिश’ र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बल १० नम्बर गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए ।

ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको १ हजार रुपैयाँ दरका ११५ नोट बरामद भएको हो ।

पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शनिवार नियन्त्रणमा लिएको भए पनि सोमवार मात्रै सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*