बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

अखबार हब
२०७८ पुष ५, सोमबार १५:५६

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले अनलाइनखबरलाई बताए ।

उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*