भिक्षुको हत्या गर्ने बिक पक्राउ

अखबार हब
२०७८ पुष ५, सोमबार १३:१०

काठमाडौं । कास्कीमा भिक्षुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार उक्त ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएपछि अर्जुनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*