त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ

अखबार हब
२०७८ पुष ५, सोमबार १२:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्।

हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट आएका बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनी काठमाडौं हुँदै बंगलादेश जान लागेका बेला विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २३३ ग्राम सुनको बिस्कुट २ थान र १०० ग्रामको चेनरोल एक थान गरी जम्मा उक्त परिमाणको धातुसहित फेला पारिएको प्रहरीले बताएको छ।

उनमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*