भारतको केरलमा दुई नेताको हत्या

अखबार हब
२०७८ पुष ४, आईतवार १३:०३

काठमाडौँ । भारतको केरल राज्यमा दुइ नेताको हत्यापछि तनाव सिर्जना भएको छ । आइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो ।

केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाले आफ्ना नेताको हत्यामा आरएसएसलाई दोष दिएको छ । एसडीपीआई नेता केएस शानको बदला लिन भाजपा नेताको हत्या गरिएको अनुमान गरिएको छ ।

१२ घण्टाभित्र दुई नेताको हत्या गरेपछि अलाप्पुझा क्षेत्रमा दुई दिनका लागि धारा १४४ लगाइएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अलाप्पुझामा दुवै नेताको हत्याको निन्दा गर्दै आक्रमणकारीलाई प्रहरीले कडा कारबाही गर्ने बताए ।

सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाका नेताको शरीरमा चोटको निशान भेटिएको प्रहरीले बताएको छ । आक्रमण भएपछि केएस शानलाई अलाप्पुझाको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई कोच्चि रिफर गरिएको थियो जहाँ उनको मृत्यु भयो ।

केएस शानलाई मोटरसाइकलमा घर जाने क्रममा आक्रमण भएको बताइएको छ । यो घटनापछि आइतबार बिहान भाजपासँग सम्बन्धित एक नेताको हत्या भएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*