विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ

अखबार हब
२०७८ पुष २, शुक्रबार १७:४१

रुपन्देही । विवाह दर्ता गर्दाका लागि घुस लिने एकजना रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव मोहम्मद सिद्धिक अख्तियारको फन्दामा परेका छन् ।

उनलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने उजुरीका परेपछि अटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

‘सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, रिसालले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*