पुस ४ गते उधौली र धान्‍य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा

अखबार हब
२०७८ पुष २, शुक्रबार १६:०३

काठमाडौं । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही–ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

हेर्नुस् गृहमन्त्रालयको विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published.


*