मकवानपुरको राक्सिराङमा अफिमखेती,प्रहरीद्वारा नष्ट

अखबार हब
२०७८ पुष २, शुक्रबार १२:४७

मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ्गमा अफिमको समेत खेती गर्ने गरेको पाइएको छ । गाँजापछी अहिले यस क्षेत्रका किसानलाई प्रयोग गरेर तस्करहरुले अफिम खेती गर्न उक्साएका हुन् । तर, मकवानपुर प्रहरीले अफिम खेती नष्ट गरेको छ ।

बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले लागूऔषध गाँजा र अफिम खेतीको फडानी गरेको हो । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ र रानीघाट क्षेमा लागुऔषध गाँजा खेती २० बिगाहा र अफीम ५ बिगाहा नष्ट गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*