नेप्सका नवनियुक्त अध्यक्ष नेपालले लिए सपथ

अखबार हब
२०७८ पुष १, बिहीबार १६:२७

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंसिर २७ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधरणसभाबाट शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए । जसमध्येबाट उनी सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

नव नियुक्त अध्यक्ष नेपालले भुक्तानी तथा फस्र्यौट विनियमावली बमोजिम बुधबार राष्ट्र बैंककी डेपुटी गर्भनर डा। नीलम ढुंगानाले सपथ ग्रहण गराएकी थिइन् । बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित एवं सञ्चालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*