देउवाको जितले कांग्रेस अझै सुदृढ बन्छ : गृहमन्त्री खाँण

अखबार हब
२०७८ मंसिर २९, बुधबार १०:५५

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।

बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित बनाएर लैजाने उनले बताए । उनले भने, ‘उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।’

कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published.


*