दाङमा कोइलाखानीमा च्‍यापिएर मजदूरको मृत्यु

अखबार हब
२०७८ मंसिर २७, सोमबार १९:५९

दाङ। दाङमा कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ ।

सोमबार घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*