मकवानपुरमा दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु

अखबार हब
२०७८ मंसिर २७, सोमबार १४:५३

मकवानपुर । मकवानपुरमा दाजुभाइबीच कुटाकुट हुँदा दाजुको मृत्यु भएको छ।

मकवानपुरको उत्तर–पश्चिममा कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तान र उनका भाइ ३० वर्षीय सीताराम मोक्तान बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

झगडाको कारण खुलिसकेको छैन। सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीको भनाई रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*