चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस्ः देउवा

अखबार हब
२०७८ मंसिर २६, आईतवार १३:०५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् ।

आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न उठ्ने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् ।

‘अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ’ उनले भने ।

आफू सभापतिमा निर्वाचित नभए प्रधानमन्त्रीबाट हटाउने पनि उनले बताए । ‘‘मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ रु’ उनले प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*