सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछुः देउवा

अखबार हब
२०७८ मंसिर २५, शनिबार १७:३५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*