शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम

अखबार हब
२०७८ मंसिर २५, शनिबार १५:२०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*