बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ

अखबार हब
२०७८ मंसिर २४, शुक्रबार १३:५१

नुवाकोट । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।

उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*