भृकुटीमण्डपबाट हटाइयो उम्मेदवारको प्रचार सामग्री

अखबार हब
२०७८ मंसिर २३, बिहीबार १९:५७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपबाट प्रचार सामग्री हटाएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । तर उम्मेदवारहरुले महधिवेशनस्थल भृकुटीमण्डपमा आफ्नो प्रचार गरिसकेका थिए । कांग्रेसको निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारले प्रचार प्रसार गरेको भन्दै आलोचना भएपछि नेताहरुले प्रचार सामग्री हटाएका हुन् ।

भृकुटीमण्डपको मूलगेटदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए । नेता उदयशम्शेर राणालगायतका उम्मेदवारले बिहीबार साँझ आफ्नो प्रचार सामग्री हटाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*