काँग्रेस महाधिवेशन: देउवा समूहबाट बागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

अखबार हब
२०७८ मंसिर २३, बिहीबार १३:४५

मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

देउवा पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

त्यसबाहेक केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत छन् ।

को-को छन् प्रतिनिधिः

 

यसमा तपाइको मत

Your email address will not be published.


*