लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

अखबार हब
२०७८ मंसिर २३, बिहीबार ०९:३८

काठमाडौं । झापाबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चार ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

झापा बुद्धशान्ति गाउँपालिका–३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दीपक तामाङले कोठाभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभा चैनपुर(११ का ३० वर्षीय दीपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम–४ की १९ वर्षीया संगीता तामाङ रहेका छन्। उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*