काँग्रेस बागमती अधिवेशनः उप–सभापतिमा बस्नेत र महामन्त्रीतर्फ बादेको अग्रता
मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार सम्पन्न प्रथम बागमती प्रदेश अधिवेशनमा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
जम्मा ४ सय मत गन्दा उप–सभापतिका उम्मेद्वार मोहन बस्नेतले २१३ मत प्राप्त गरेका छन् भने चन्द्र महर्जनले १९३ मत प्राप्त गरेका छन् । त्यसैगरी राजेन्द्र बुर्लकोटीले १८६ मत प्राप्त गरेका छन् भने धर्मराज गौतमले १७९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेश महामन्त्रीतर्फ कञ्चन चन्द्र बादेले २०९ मत प्राप्त गरेका छन् । त्यस्तै माईकल रामचन्द्र अर्यालले १८३, राजु श्रेष्ठले १६७, तिकल रुवालीले १५२, सुरेश श्रेष्ठले ३१ र गौरीप्रसाद दवाडीले जम्मा ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सह–महामन्त्री महिलातर्फ जीवन डंगोल १९१ मतसहित अग्र स्थानमा छन् भने निर्मला खड्काले १४८, मोतीमाया तामाङले जम्मा ३९ मत प्राप्त गरेकी छन् ।
सह–महामन्त्री खुल्लातर्फ ऋषिराम घिमिरे १९३ मतसहित अग्र स्थानमा रहेका छन् भने बीरबहादुर तामाङ १६७, हरिशरण श्रेक्ष्ठ १५६, महेन्द्र थिङ १४७, राजकुमार पाठक ४६, जगनाथ धिमाल ३१ र जयनारायण सापकोटाले २१ प्राप्त गरेका छन् ।







