काँग्रेस बागमती मत परिणाम अपडेटः १ हजार २ सय मत गन्दा बानियाँको अग्रता

अखबार हब
२०७८ मंसिर १९, आईतवार २१:०६

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहेको छ ।

हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा जारी मतगनणाको नतिजा आउने क्रम जारी छ । १ हजार २०० मत गन्दा सभापतिका उम्मेद्वार इन्द्रबहादुर बानियाँले ६३० मत प्राप्त गरेका छन् भने उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले ५६९ मत प्राप्त गरेका छन् ।

कूल २ हजार १ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*