काँग्रेस बागमती अधिवेशन अपडेटः बानियाँको अग्रता कायमै
मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनमा १००७ मत गन्दा सभापतिका उम्मेद्वार इन्द्र बानियाँ ५६ मतले अग्र स्थानमा रहेका छन् ।
सभापतिका उम्मेद्वार इन्द्र बानियाँले ५२६ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् । १ हजार सात मत गन्दा ११ मत बदर भएको छ ।







