स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ

अखबार हब
२०७८ मंसिर १९, आईतवार १७:१२

काठमाडौँ । काठमाडौँबाट एकजना स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो ।

प्रहरीले सो पसलमा ठूलो परिणाममा स्रोत नखुलेको रकम रहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले एक हजार दरका १ सय नोट रहेका ४९ बण्डल र ५ सय दरका १०० नोट रहेका ४१ बण्डल रुपैयाँ फेला पारेको थियो ।

प्रहरीले सो रकमको स्रोत खुलाउन भने पनि स्रोत खुलाउन नसकेपछि सो पसलका म्यानेजर खनाललाई नियन्त्रणमा लिएको हो । प्रहरीे थप अनुसन्धानका लागि खनाललाई सम्पत्ति सुद्धीकरण विभागलाई बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*