लुम्बिनी कांग्रेसको मतगणनामा सुस्तता, पुनको अग्रता कायमै

अखबार हब
२०७८ मंसिर १९, आईतवार १६:४०

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी छ । नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् ।

३६५ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले २१६ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको १४७ मत रहेको छ । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् । पुन संस्थापन इतरका रामचन्द्र पौडेल निकटका नेता हुन् ।

मतगणतना ढिला गरी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*