राप्रपाको पदाधिकारीमा को को विजयी भए ? (मत परिणामसहित)

अखबार हब
२०७८ मंसिर १९, आईतवार १०:१४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। पाण्डेले २५२१, तामाङले १९४४ र प्रधानले १८१४ मत प्राप्त गरेका छन्।

पराजित उम्मेदवार दिलविकास राजभण्डारीले ११९४, रामचन्द्र राय यादवले ९६७ र जगतप्रसाद गौचनले ८९० मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षतर्फ पराजित लिलादेवी श्रेष्ठले १०५४ र दुर्गा श्रेष्ठले ८०५ मत प्राप्त गरेका छन्।

महामन्त्री (खुला) तर्फ डा. धवल शमशेर राणा र भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २२२१ र पाठकले १७०५ मत प्राप्त गरे। पराजित भास्कर भद्राले १५६७ र श्यामप्रसाद तिमिल्सिनाले १०६१ मत प्राप्त गरे। महामन्त्री (महिला) तर्फ कुन्ती कुमारी शाही विजयी भएकी छन्। उनले २००८ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी रेखा थापाले १६४० मत प्राप्त गरिन्।

यसमा तपाइको मत

Your email address will not be published.


*