अध्यक्षमा हारेसँगै कमल थापा पक्षको भेला ‘याक एन्ड यति’मा

अखबार हब
२०७८ मंसिर १९, आईतवार ०९:५५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनावी परिणामको समिक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् ।

‘महाधिवेशनको समिक्षा गर्नका लागि याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ,’ थापा पक्षका एक केन्द्रीय सदस्यले भने । राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*