काँग्रेस बागमती प्रदेशको मतदान सुरु, राती दश बजेसम्म समय सिमा

अखबार हब
२०७८ मंसिर १८, शनिबार १७:०३

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरुप विहान ९ बजेबाट हुनुपर्नेमा अन्तिम उम्मेदवारी नामावली र मतपत्र प्रकाशनको ढिलाईको कारण मतदान ढिला सुरु भएको हो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार अन्तिम नामावली प्रकाशन पछि मतपत्र छपाईमा ढिलाई भएकोले मतदान ढिला भएको बताएका छन् । मतदाताले रातीको १० बजे सम्ममा मतदान गरिसक्नुपर्ने काफ्लेले बताउनुभयो ।

प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेन दास प्रधान र जयदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ । उहाँहरुको प्यानल घोषणा सँगै चुनावी मैदानमा भिडेका छन् ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरुमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बन्नेछ ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि १२४५ जना, प्रदेश प्रतिनिधि ८६७ जना र केन्द्रीय सदस्य १६ जना गरी दुई हजार १३७ जना मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*