राप्रपा महाधिवेशनः डेढ घण्टामा आठ सयले गरे मतदान

अखबार हब
२०७८ मंसिर १८, शनिबार १३:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ ।

सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो ।

राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ ।

आगामी नेतृत्त्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उमेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*