काँग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया

अखबार हब
२०७८ मंसिर १८, शनिबार ११:२३

मकवानपुर । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८ बजे तोकिएपनि मध्यान्ह १२ बजेपछि मात्र मतदान सुरु हुने भएको छ । प्रदेश निर्वाचन समितिका सदस्य गणेश हुमागाईंले बिहान ८ बजे तोकिएको मतदान समय १२ बजेपछि धकेलिएको बताए ।

अन्तिम नामावली प्रकाशनमा र मतपत्र छपाइमा समेत ढिलाइ हुँदा तोकिएको समयमा मतदान प्रक्रिया अघि बढाउन नकिएको हुमागाईंले बताए । ‘उम्मेदवार धेरै हुँदा निर्वाचन प्रक्रिया अन्तर्गत अन्तिम नामावली प्रकाशनमा निकै समय लाग्यो ।’ उनले भने, ‘मतपत्र छपाइ भइसकेको छ, निर्वाचन कार्यालयमा मतपत्र प्राप्त हुनासाथ मतदान प्रक्रिया अघि बढाइने छ ।’

काँग्रेस बागमतीको नेतृत्वको ३ जना सभापतिका उम्मेदवार प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँ, संस्थापन इत्तर पक्षबाट जगदिश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेन दाश प्रधान चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र ८३ सदस्यसहित ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*