कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

अखबार हब
२०७८ मंसिर १७, शुक्रबार १५:४८

धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये चालक लालझाडी गाउँपालिका–९ का २२ वर्षीय रामप्रसाद चौधरीसहितका ४ जनाको अवस्था गम्भीर छ ।

घाइते भएका सबै लालझाडी गाउँपालिका–९ का स्थानीय हुन्। उनीहरुसहित ८ जना घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

विवाह खाएर फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको बताउँदै उनले दुर्घटनाको कारण भने खुल्न नसकेको जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*