बागमती प्रदेश सभापतिका उम्मेद्वार केसीले गरे प्यानल घोषणा

अखबार हब
२०७८ मंसिर १६, बिहीबार २०:२२

मकवानपुर। नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनको जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल घोषणा गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको हेटौँडा रिर्सोटमा पत्रकार सम्मेलनको आयोजना गरि केसीले प्यानल घोषणा गरेका हुन् ।

उनी नेतृत्व प्यानलको उप सभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कञ्चनबादे श्रेष्ठ रहेका छन् । प्यानलको सह–महामन्त्री पदका उम्मेदवारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ।

प्यानल घोषण कार्यक्रममा उम्मेदवार केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन् । कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत भोलि (शुक्रबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको छ । प्रदेशको प्रथम अधिवेशनमा २१ सय प्रतिनिधिले मतदान गर्नेछन । अधिवेशन हेटौंडा-१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*