ओलीलाई बधाई दिँदै बाबुरामले भने – सदबुद्धि प्राप्त होस्

अखबार हब
२०७८ मंसिर १५, बुधबार ११:०४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले चितवनमा मंगलबार सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन्।

अध्यक्ष ओलीलगायत नवनिर्वाचित एमाले केन्द्रीय कमिटीका पदाधिकारीलाई डा. भट्टराईले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

सँगसँगै उनले विगतका गलत विचार र कामबाट पाठ सिक्न नवनिर्वाचित एमाले अध्यक्ष एवं कमिटीलाई नै सुझाव पनि दिएका छन्।

‘नेकपा एमाले महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई, विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना !’

यसमा तपाइको मत

Your email address will not be published.


*