नेपाल–भारत एयर बबल सम्झौता खारेज, निजी विमानले पनि उडान गर्न पाउने

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १८:४६

काठमाडौँ । कोरोना महामारीको विशेष परिस्थितिमा नियन्त्रित उडानका लागि नेपाल र भारतबीच भएको एयर बबल सम्झौता खारेज भएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि उक्त सम्झौता खारेज गरेको हो । सम्झौता खारेज भएसँगै अब आउँदो पुसबाट नेपाल र भारत दुबै देशका निजी विमान कम्पनीले पनि दुबै देशमा उडान गर्न पाउने छन् ।

उक्त सम्झौताको व्यवस्था अनुसार एक वर्षदेखि नेपाल र भारतबीच दुई देशका राष्ट्रिय ध्वजावाहक सरकारी कम्पनीले मात्रै नियन्त्रित रुपमा उडान गर्दै आएका थिए । उक्त सम्झौता अनुसार नै काठमाडौँ–नयाँदिल्ली रुटमा सातामा ७ उडान गर्दै आएको नेपाल एयरलाइन्सले सम्झौता खारेज भएसँगै अब पुसबाट सातामा १४ ओटा उडान गर्ने जनाएको छ । त्यस्तै, बैंलोर र मुम्बइमा साताको २र२ उडान गर्ने जनाएको छ ।

कोभिडभन्दा अघि नेपाल वायु सेवा निगमले काठमाडौं–दिल्ली, बुद्ध एयरले काठमाडौं–बनारस उडान गर्दै आएको थियो । त्यस्तै, भारतको एयर इण्डिया, भिस्तारा, इण्डिगो लगायत कम्पनी नेपाल उडान गर्दै आएका थिए ।

यद्यपी, अफ्रिकाबाट फैलिन सुरु गरेको ओमिक्रोन भाइरसकाका कारण अझै पनि तोकिएको मितिबाट कोरोना अघिकै जस्तो नियमित उडान होला भन्नेमा आशंका देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*