एमाले उपाध्यक्षमा सबै ‘ओली प्यानल’कै निर्वाचित

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १६:०५

सौराहा । नेकपा एमालेका उपाध्यक्षमा सबै अध्यक्ष केपी शर्मा ‘ओली प्यानल’का निर्वाचित भएका छन्।

भर्खरै सकिएको मतगणना अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भएका छन्।

भुसालले ७२५ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ मत ल्याएका छन्।

यस्तै, युवराज ज्ञवालीले १८४२ तथा रामबहादुर थापा ुबादलुले १७६८ मत प्राप्त गरेका छन्। अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा भुसालबाहेक शाक्य, पाण्डे, नेम्वाङ, पौडेल, ज्ञवाली र थापाको नाम सर्वसम्मतिका लागि उपाध्यक्षमा प्रस्ताव गरेका थिए।

त्यसलाई चुनौती दिँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। भुसाल नवौं महाधिवेशनमा उपमहासचिव सर्वाधिक मत ल्याएर निर्वाचित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*