ओलीले ४ सय मत ल्याउँदा रावलको पक्षमा ४२ मत (मतगणना अपडेट)

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १४:३४

चितवन । नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गर्नुभएको छ ।

चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याउनुभएको छ । सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ ।

गए रातिदेखि आज मङ्गलवार बिहानसम्म भएको मतदानमा दुई हजार ७९ मत खसेको थियो । अरू पदमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा चुनाव भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*