घनश्याम भुसालद्वारा ओलीलाई भेट्न अस्वीकार

अखबार हब
२०७८ मंसिर १२, आईतवार १२:४९

चितवन । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए।

‘ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो,’ भुसालनिकट एक नेताले भने, ‘तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो।‘

भुसालले आफ्नो दाबी उपाध्यक्षमा रहेको र त्यसबाट पछि हट्ने सोच नरहेको स्मरण गराएका थिए। पौडेलले भने ‘संगठनको नयाँ सिद्धान्त विकास गर्न लागिएकाले’ भेट्न जोड दिएका थिए। तर, भुसालले भने त्यस्ता कुरामा आफूलाई विश्वास नभएको जवाफ फर्काएका थिए।

शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार ओलीलाई दिएपछि भुसाल तथा उपाध्यक्ष भीम रावलले असहमति व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*