बन्दसत्रमा ओलीको सम्बोधन– सहमतिका लागि सहयोग गर्नोस्

अखबार हब
२०७८ मंसिर ११, शनिबार १९:३५

चितवन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

शनिबार चितवनको सौराहामा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सहमतिका लागि आग्रह गरेका हुन् । सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“यो महाधिवेशन दुनियाँकै नमुना हुनेछ । पूर्ण लोकतान्त्रिक रूपमा हुनेछ । पूर्ण लोकतान्त्रिक अभ्यास, पूर्ण समझदारी, सुदृढ एकता,“ उनले भने ।

महत्त्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह पनि उनले गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*