हेटौंडामा भोलि एमालेको बृहत मोटरसाइकल र्याली
मकवानपुर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा भोलि मंसिर ७ गते बृहत मोटर साईकल र्याली हुने भएको छ ।
महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको प्रचारप्रसारको लागि मोटरसाईकल र्यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं र्याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकल र्याली भोलि दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुने छ । र्यालीमा ५ सय भन्दा बढी मोटरसाईकलको सहभागि रहने बताईएको छ ।







