अनुमति पाएको भन्दा बाहिर गएर खानी उत्खनन् गर्दै ऋद्धिसिद्धि सिमेन्ट

अखबार हब
२०७८ मंसिर ६, सोमबार १८:०४

मकवानपुर । ऋद्धिसिद्धि सिमेन्ट उद्योगले मकवानपुरको राक्सिराङमा चुनढुंगाको लागि खानी उत्खनन् गर्दै आएको छ । उद्योगले गरेको खानी उत्खनन्का कारण राक्सिराङ–४ का स्थानीयहरुले सास्ती व्यवहोर्दै आएका छन् । सिमेन्ट उद्योगको खानी संचालन गर्दा स्थानीयहरुलाइ असर परेको भन्दै स्थानीयले उच्च अदालत पाटन हेटौंडा इजलाशमा मुद्धा हालेका थिए ।

अदालतले स्थानीयको पक्षमा फैसला गरेपनि चुनढुंगा खानी व्यवस्थित नगरी अनुमति पाएको भन्दा बाहिर गएर उत्खनन् गर्दै आएको स्थानीय गोपाल मोक्तानले बताए । उत्खनन् क्षेत्र तथा दोहन क्षेत्रभन्दा बाहिर स्थानीयको घर जग्गा रहेकोले खानेपानी मुहानमा समेत असर हुँदा, स्थानीयको बस्ती, गोठमा असर पर्ने भन्दै अनुमति प्राप्त भएको क्षेत्र भन्दा बाहिर गएर खानी उत्खनन् नगर्न उद्योगलाई उच्च अदालत पाटन हेटौंडाका न्यायाधिश शेषराज सिवाकोटी र मेरिना श्रेष्ठले आदेश जारी गरेका थिए ।

अदालतको आदेशको पालना नगर्दै बर्खा सकिएपछि उद्योगले फेरि खानी संचालन गरेको स्थानीयको आरोप छ । ऋद्धिसिद्धिको खानी संचालन आउँदा राक्सिराङ ४ को एक प्रावि विद्यालय समेत बन्द भएको छ । यस्तै बस्तीको बिच भागमा कतै खाल्डो बनाइदिएको स्थानीयको आरोप छ ।

अदालतले अनुमति प्राप्त भन्दा बाहिर उत्खनन् नगर्न आदेश गरेपनि त्यसको कार्यान्वय नभएको जनसरोकार मञ्च राक्सिराङ–४ का गोपाल मुक्तानले बताए । उनले अदालतको फैसाला अनुसार उद्योगले अनुमति प्राप्त भन्दा बाहिर दादागिरी शैलीमा उत्खनन् कार्य गरेको बताउनुभयो । यस्तै अधिवक्ता केशव गौतमले पनि अदालतले आदेश दिएपनि लागू हुन नसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*