पशुपालनलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’

अखबार हब
२०७८ मंसिर ४, शनिबार १२:४६

कालिकोट । कालिकोटमा पशुपालनलाई प्रोत्साहन गर्न स्थानीय गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ । कालिकोटको पचालझरना गाउँपालिकामा किसानले ‘गोठालो भत्ता’ पाउन थालेका छन् ।

गाउँपालिकाले ५० देखि एक सय भेडा बाख्रा पाल्ने किसानले मासिक एक हजार तथा एक सयभन्दा बढी भेडा बाख्रा पाल्नेले मासिक दुई हजार रुपैयाँका दरले गोठालो भत्ता दिएको बताइएको छ ।

आर्थिक वर्ष २०७६/०७७ देखि नै पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिन गाउँपालिकाले कार्यविधि बनाएको हो । सोही कार्यविधिअन्तर्गत पशुपालक किसानले भत्ता पाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*