त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।
विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि पठाउने तयारी गरिरहेका छौ।’







