एमाले निजगढको प्रथम नगर अधिवेशन भोलि

अखबार हब
२०७८ मंसिर २, बिहीबार ११:२०

बारा । नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशनको सबै तयारी पूरा भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ३ गते शुक्रबार हुने अधिवेशनको प्रचारप्रसार र व्यवस्थापनको तयारी पूरा भएको नगर अध्यक्ष दिलबहादुर लामाले जानकारी दिए ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैन्कुटमा हुने अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, केशव बडाल, प्रदेश नम्बर २ का सहइन्चार्ज अच्युत मैनाली, प्रदेश २ अध्यक्ष ज्वाला साह, केन्द्रीय कमिटी सदस्य प्रभु साह, बलवीर चौधरी, मोहमद समिर, पुरुषोत्तम पौडेल र राष्ट्रिय सभा अध्यक्ष कोमल वली लगायत नेताहरु सहभागी हुने अध्यक्ष लामाले जानकारी दिए ।

अधिवेशनमा राष्ट्रिय जनसाँस्कृतिक मञ्चको कलाकार टोली पनि सहभागी हुने बताइएको छ । अधिवेशनले १ जना नगर अध्यक्ष, उपाध्यक्ष, सचिव एक/एक जना र २ जना सहसचिवसहित ७५ जना नगर कमिटी सदस्य चयन गर्ने छ । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने लामाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नारायण गौतम, निजगढ नगरपालिकाकी उपाध्यक्ष लिलादेबी लामिछाने, अम्बिका चौलागाई, भोला प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*