ई-पासपोर्ट लिन कति लाग्छ खर्च ?
काठमाडौं । सरकारले आजबाट ई–पासपोर्ट जारी गरेको छ । राहदानी विभागको नयाँ भवन त्रिपुरेश्वस्थित सो पासपोर्ट जारी गरेको हो ।
विभागले ई–पासपोर्ट सात थरीका जारी गरेको छ । जसमा कुटनीतिक, विशेष, अस्थायी, साधारण, सम्यान्स अभिलेख किताब स्लेट र सर्भिस जारी गर्ने भएको छ । उक्त जारी गरेको पासपोर्टको दस्तुर छुट्टाछुट्टै तोकेको छ ।
सरकारले राहदानी पहिलो पटक संशाधन गरी राजपत्रमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक राजपत्रकाअनुसार विभिन्न प्रकारका राहदानी जारी गर्न छुट्टछुट्टै दस्तुरको व्यवस्था गरेको छ ।
राजपत्रकाअनुसार साधारण राहदानीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा १० हजार रुपैयाँ तोकेको छ ।
तर, विभागका निवेदन दिएको हकमा दुई दिनमै प्राप्त गर्न चाहने व्यक्तिलाई ३४ पृष्ठको लागि १२ हजार र ६६ पृष्ठको लागि २० हजार रुपैयाँ तोकेको छ । साथै, राहदानी हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा उक्त दस्तुमा ५ हजार थप हुनेछ ।
उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू अष्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा २ सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकेको छ ।
रुसी महासंघ र नेपाली राजमदूतावा मस्कोको महप्रमाणीकृत मुलुक रसाइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा ८० यूरो र ६६ पृष्ठको हकमा १ सय ३० यूरो तोकेको छ ।
युरोपेली देशस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा १२० युरो र ६६ पृष्ठको लागि १७० यूरो तोकेको छ ।
मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बरहाइन, लेबनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन, ओमन र यमनस्थित नियो र सो नियोगको सहप्रमाणीकृत मुलुकको लागि नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा ५० अमेरिकी डलर र ६६ पृष्ठको १ सय अमेरिकी डलर राजपत्रमा उल्लेख गरेको छ ।
अन्य एसियाली अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा ८० अमेरिकी डलर र ६६ पृष्ठको हकमा १३० अमेरिकी डलर तोकेको छ ।
साथै, सरकारले राहदानी हराएको, पाना चयतिएको, केरमेट भएको वा अन्य कारणले रादानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनुपर्दा दोब्बर दस्तुर लाग्नेछ ।
दश वर्षभन्दा कम उमेरका नाबालकको रादानीमा लागि निवेदन दिँदा उक्त लाग्ने दस्तुरको आधा रकम लाग्नेछ ।
तर, १० वर्षभन्दा कम उमेरका नाबालकले खण्ड (क) को उपखण्ड (२) बमोजिम राहदानीको लागि विभागमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको हकमा ९ हजार ५ सय र ६६ पृष्ठको राहदानीको हकमा १४ हजार ५ सय रुपैयाँ दस्तुर लाग्नेछ ।
त्यस्तै, यात्रा अनुमतिपत्रको लागि विभागबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्रको ४ हजार रुपैयाँ र नियोगबाट जारी गरिने अनुमतिपत्रको ५० अमेरिकी डलर उल्लेख गरेको छ ।
विभागबाट जारी गरिने (सिम्यान्स) अभिलेख किताबकोलागि क १२ हजार रुपैयाँ र नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताको लागि १ हजार २० अमेरिकी डलर तोकेको छ ।
त्यसैगरी, अस्थायी राहदानीको लागि ५० अमेरिकी डलर तोकेको छ ।







