मकवानपुरको प्रतिनिधिसभा १ को (ख) मा राजेश बानियाँ नेतृत्वको टिम घोषणा
मकवानपुर । आसन्न मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा युवा नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष राजेश बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा विनोद शर्मा र शुक्र जोशी रहेका छन् ।
त्यस्तै सचिव पदमा प्रदिप कंडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी श्रेष्ठ , गिता न्यौपाने महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् ।
पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अचुत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ (महिला)सदस्यमा प्रमिला खतिवडा र पुरुष सदस्यमा रामहरी आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ, दलिततर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।
घोषणा कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार बानियाँले कांग्रेस लोकतन्त्रको अध्यास गर्ने पार्टी भएकोले चुनाव गर्नैपर्ने वातावरण भएपनि त्यसलाई अन्यथा लिन नहुने बताए । उनले सकभर पार्टी नेतृत्व सहमतिबाटै मिलाएर लैजाने प्रयासमा रहेको बताए ।







