कांग्रेस मकवानपुरगढीद्वारा गाउँपालिकामा तालाबन्दि
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकामा तालाबन्दि गरेको छ । गाउँपालिकाको कार्यशैलीप्रति आपति जनाउँदै र आफ्ना मागहरु सम्बोधन नभएको भन्दै काँग्रेस मकवानपुरगढीले पत्रकार सम्मेलन मार्फत पालिकामा तालाबन्दि गरेको हो ।
स्थानिय सरकारले जनताको हितका निमित्त कामहरु नगरी विभिन्न शीर्षकमा कर थुपारी राजस्व संकलन गर्ने नाममा खोलाको गिट्टी बालुवा झिकेर नीति नियम विपरित बिक्री गरेको र नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण अनियमित गरेको पाईकाले खबरदारी गर्दा पनि आठ महिना बितिसक्दा समेत गाउँपालिकाले बेवास्ता गरेको काँग्रेस मकवानपुरगढीका सभापति राजबिर मोक्तानले बताए।
राज्यबाट आएको विकास बजेटका योजनाहरुसमेत आफ्नै पकेटको बजेट जस्तो गर्दै टोल टोलमा आश्वासन बाँड्दै राजनीतिक खेल खेल्दै अलोकतान्त्रिक शैलिमा हिडेको काँग्रेसको आरोप छ । कोरोना कहरबिच गाउँपालिकाले पालिकाबासीलाई विभिन्न शीर्षकमा करको भार थुपार्नु र अघिल्लो आर्थिक बर्षमा गरेको योजनाको रकम समेत भुक्तानी नगर्ने जस्ता निष्कृय काम गर्नु निन्दनिय भएको र आफुहरुको यो बिषयमा ध्यानाकर्षण भएको सभापति मोक्तानले बताउए।
आठ महिना देखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रिया, त्यसमा देखिएको परिणाम संख्या र घोटला हुन लागिएको राजस्व र गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय गरिनुमा आफुखुसी गरिएको भन्दै कांग्रेसले गाउँपालिकाको मुल गेटमा ताला लगाइएको मोक्तानले बताए ।







