मनहरीमा एमाले नेता योगेश भट्टराई आउँदै
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा आज (बुधबार) नेकपा एमालेका सचिव योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आएर बस्ने कार्यक्रम तय भएको हो ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।
कमिटीको उपाध्यक्षमा मोहन लाल थिङ र सचिवमा पोषकबाबु विष्ट रहेका छन् भने दुई उपसचिव चयन हुन बाँकी रहेका छन् । भोलिको कार्यक्रमा दुई उपसचिव घोषणा गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।







