राक्सिराङमा एक्साभेटरमा आगजनी, दुईवटामा तोडफोड

अखबार हब
२०७८ कार्तिक २९, सोमबार २०:०५

मकवानपुर । मकवानपुरको राक्सिराङमा अज्ञात समूहले एउटा एक्साभेटरमा आगजनी गरेको छ । सो समूहले अन्य दुईवटा एक्साभेटरमा तोडफोड गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका–४ गिंगु खानीमा एउटा एक्साभेटरमा आगजनी भएको हो ।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङमा रहेको तीनवटा एक्साभेटरमध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुँदा पूर्णरूपमा क्षति भएको छ ।

त्यसैगरी, पार्किङ गरेको बा२क५८९ र बा३क६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको छ । आगजनी र तोडफोड कसले गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*